पात्रो

रेडियो

समाचार खोजी

एनआइसी एसिया ग्रोथ फन्ड’ २८ फागुनमा परिपक्व हुँदै, २५ गतेसम्म कायम इकाइधनी प्रतिफलका लागि योग्य

साझा अर्थ संवाददाता २३ फागुन २०८१, शुक्रवार

 

एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनआइसी एसिया ग्रोथ फन्ड’ २८ फागुनदेखि परिपक्व हुने भएको छ । एनआइसी एसिया बैंक कोष प्रवद्र्धक तथा एनआइसी एसिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआइसी एसिया ग्रोथ फन्ड’ २८ फागुनमा परिपक्व हुन लागेको हो । 

सातवर्षे बन्दमुखी योजनाको इकाइ कारोबार नेपाल स्टक एक्सचेन्जमा २५ फागुनसम्म हुने र २६ गतेबाट नै इकाइको खरिद–बिक्री बन्द हुने क्यापिटलले जनाएको छ । २५ गतेसम्म इकाइको कारोबार भई राफसाफपश्चात् कायम भएका इकाइधनी मात्रै प्रतिफलका लागि योग्य हुनेछन् । 

योजनाले विभिन्न आर्थिक वर्षमा नगद प्रतिफल वितरण गरिसकेको र उक्त वितरण गरेको प्रतिफल रकम सम्बन्धित इकाइधनीको हितग्राही खातामा उल्लिखित–अद्यावधिक बैंक खातामा जम्मा गरिसकिएको बताइएको छ । साथै, क्यापिटलले हालसम्म पनि विभिन्न आर्थिक वर्षमा वितरण गरिएको नगद प्रतिफल रकम प्राप्त गर्न बाँकी वा विविध कारणले गर्दा फिर्ता आएको इकाइधनीको विवरण क्यापिटलको वेबसाइटमा राखिएको पनि बताइएको छ । 

साथै, उक्त योजनाको इकाइ हालसम्म पनि अभौतिकीकरण गर्न बाँकी भएमा यथाशीघ्र अभौतिकीकरण गरी हितग्राही खातामा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अद्यावधिक गर्न आग्रह गरिएको छ । सम्बन्धित इकाइधनीले हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गरेपश्चात् नै क्यापिटलले बाँकी रहेको नगद प्रतिफल जम्मा गर्ने बताएको छ । 
 

181 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ