पात्रो

रेडियो

समाचार खोजी

१ लाख ८४ हजार ५ सय जनाले पाए नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ

साझा अर्थ संवाददाता २३ फागुन २०८१, शुक्रवार

 

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ आज फागुन २३ गते शुक्रबार बिहान बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक एनआईएमबि क्यापिटलले सार्वजनिक गरेको आइपीओमा 
 कुल १८ लाख १७ हजार १ सय ४८ जनाले आवेदन दिएका थिए।   माग भन्दा बढीको आवेदन परेकोले सदर आवेदकलाई समावेश गरि गोलाप्रथाबाट कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।  

नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई पुस २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गरेको हो।
 

179 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता