सञ्चालनमा रहेका २० बाणिज्य बैंकमध्ये १२ वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर घटाएका छन्। साउनमा दिँदै आएको निक्षेपको ब्याजदर १२ वाणिज्य बैंकले भदौमा घटाएका हुन् भने २ वटाले बढाएका हुन्। त्यस्तै, ६ वटाले साउनमा दिइरहेकै ब्याजदरलाई यथावत् राखेका छन्।
भदौमा वाणिज्य बैंकको औषत निक्षेपको ब्याजदर ६.५४८ प्रतिशत कायम भएको छ। साउनको तुलनामा भदौमा वाणिज्य बैंकहरुको औषत निक्षेप ब्याजदर .।१७८ प्रतिशत बिन्दुले घटेको हो। साउनमा निक्षेपको औषत ब्याजदर ६.७२६ प्रतिशत छ।
भदौमा निक्षेपकर्तालाई सबैभन्दा बढी ब्याज दिने बैंकको सूचीमा पहिलो एनएमबी, एनआइसी एसिया बैंकले ७.४१ प्रतिशत, दोस्रोमा हिमालयन, नबिल, माछापुच्छ्रे र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
साझा अर्थ संवाददाता