पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा सिइओ पदका लागि आवेदन दिने म्याद थप

साझा अर्थ संवाददाता १८ फागुन २०८१, आइतवार

नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से०को प्रमुख कार्यकारी अधिकृत ९सिइओ० पदका लागि आवेदन दिने म्याद सात दिन थप गरिएको छ।

नेप्सेको सिइओ छनोटका लागि गठित सिफारिस समितिले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न गोरखापत्र दैनिकको १२ फागुनको अंकमा सूचना प्रकाशित गरेको थियो। जसअनुसार १८ फागुनमा ९आइतबार० यसको अन्तिम म्याद हो। 

तर, सोही अवधिमा तीन दिन सार्वजनिक बिदा परेको कारण इच्छुक उम्मेदवारहरूलाई पर्याप्त समय दिन आवेदन दिने अन्तिम मिति २५ फागुनसम्म बढाइएको छ।

अब इच्छुक नेपाली नागरिकहरूले कार्यालय समयभित्र सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सक्नेछन्।

189 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ