आज मंगलबार शेयरबजार परिसूचक नेप्से सूचक ७.१३ अंकले बढेर २७६५.८८ को बिन्दुमा पुगेको छ। कारोबारमा आएका ३१२ कम्पनीका १ करोड ७८ लाख ६५ हजार ७ सय ३ कित्ता शेयर खरिद बिक्रीबाट ९ अर्ब ९० करोड ९३ लाख ८६ हजारको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये गार्डीयन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने नेपाल ल्युब ओइलको शेयर मूल्य ९.९७ प्रतिशत बढेको छ। जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब २ करोडको कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ८३ करोड ३ लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये विन नेपाल लघुवित्तको शेयर मूल्य सर्वाधिक ८.९७ प्रतिशत, राप्ती हाइड्रोको शेयर मूल्य ६.६८ प्रतिशत, रिलायन्स फाइनान्सको शेयर मूल्य ४.६१ प्रतिशत तथा छ्याङदी हाइड्रोको शेयर मूल्य ४.१७ प्रतिशत घटेको छ।
साझा अर्थ संवाददाता