पात्रो

रेडियो

समाचार खोजी

दुई मनी एक्स्चेन्ज कम्पनीको लाइसेन्स खारेज

साझा अर्थ संवाददाता ३१ साउन २०८१, बिहिवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनी एक्स्चेन्ज कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिदिएको छ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नवीकरण नगरेको भन्दै लाइसेन्स खारेज गरेको हो ।

राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न लाइसेन्स पाएका रेन्बो मनि एक्सचेञ्ज प्रा.लि. र कसा मनि एक्सचेञ्ज प्रा.लि. को लाइसेन्स रद्द भएको हो ।

नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप – विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको हो ।

 
196 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ