पात्रो

रेडियो

समाचार खोजी

११.६६ अंकले बढ्दै २७ सय ५५ को विन्दुमा नेप्से

साझा अर्थ संवाददाता ११ फागुन २०८१, आइतवार



काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचक ११.६६ अंकले बढ्दै २७ सय ५५ को विन्दुमा पुगेको छ । आज कुल ३ सय २८ कम्पनीका २ करोड १२ लाख ६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ५४ करोड ८३ लाख भएको छ । आज कारोबारमा आएकामध्ये १ सय ४८ कम्पनीको सेयरमुल्य घट्दा ९१ कम्पनीको सेयरमूल्य बढेको छ ।
आज कारोबारमा आएकामध्ये ७ समुहको परिसुचक उकालो लाग्दा अन्य ६ समुहको परिसुचकमा गिरावट आएको छ । 
आज सेयरमूल्य बढेका कम्पनीहरुमध्ये २ कम्पनी को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी ९५ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।

147 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ