पात्रो

रेडियो

समाचार खोजी

नेपाल माइक्रो इन्स्योरेन्सको सर्वसाधारणको लागि छुट्टयाइएको आइपीओ आजदेखि

साझा अर्थ संवाददाता ११ फागुन २०८१, आइतवार

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले  आजदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । 

कम्पनीले  २२ लाख ५० हजार कित्ता आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँको दरले बिक्री गर्न अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुने २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको थियो भने ६७ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो ।

बाँकी रहेको १८ करोड ४५ लाख रुपियाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । 

यो शेयरमा सर्वसाधारणले फागुन १५ गतेसम्म  घटीमा १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

 

147 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ