पात्रो

रेडियो

समाचार खोजी

दोलखा महोत्सव सुरु

साझा अर्थ संवाददाता ६ फागुन २०८१, मङ्गलवार

दोलखाः सदरमुकाम चरिकोटमा बृहत दोलखा महोत्सव सुरु भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा मंगलवार बाट महोत्सव सुरु भएको हो ।
महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्नु भएको थियो । उद्घाटन मन्तब्यका क्रममा मेला महोत्सवले आर्थिक कृयाकलापलाई आगाडि बढाउन मद्दत गर्ने बताउँद लामाले देशमा रोजगारीको सिर्जना गर्न लगानीको वातावरण बनाउन आवश्यक रहेको आवश्यकतामा जोडदिनु भयो । उद्घाटन कार्यक्रमलाई बागमती प्रदेश आर्थिक मामिला मन्त्र कुन्दनराज काफ्ले, राष्ट्रिय सभाका सांसद घनश्याम रिजाल, प्रदेश सभा सांसद भरतबहादुर केसी,नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, स्थानीय तहका जनप्रतिनिधिहरु लगायतले उदघाट कार्यक्रमलार्य सम्बोधन गर्नु भएको थियो । कार्यक्रम दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । 
होत्सव आगामी फागुन १८ गतेसम्म सञ्चालन हुने दोलखा उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा  विभिन्न स्थानीय उत्पादनका स्टलहरु राखिएको छ  । राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुति लगायत विभिन्न प्रतियोगिताको समेत आयोजना गरिएको संघको भनाई रहेको छ । महोत्सवबाट दोलखामा आर्थिक क्रियाकलापको बृद्धी हुने संघको अपेक्षा रहेको छ ।

380 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता