पात्रो

रेडियो

समाचार खोजी

स्पीड फेस्ट २०२५ मा बजाज, केटिएम र ट्रायम्फ सहभागी हुँदै

बजाज, केटिएम र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता

साझा अर्थ संवाददाता २ फागुन २०८१, शुक्रवार

काठमाडौं / राजधानीमा शनिबार आयोजना हुन लागेको स्पीड फेस्ट २०२५ मा ७० भन्दा बढी सुपरबाइकको विशेष प्रदर्शनी हुने भएको छ ।
साथै यस स्पीड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.द्वारा वितरित बजाज, केटिएम र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहने कम्पनीले जनाएको छ ।
यी मोटरसाइकलहरू आफ्नो उत्कृष्ट प्रदर्शन, पावर र नयाँ प्रविधिका कारण बाइक प्रेमीहरू माझ लोकप्रिय छन् । यस इभेन्टले मोटरसाइकल उत्साहीहरूका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेमा आयोजकहरु विश्वस्त रहेका छन् ।
स्पीड फेस्ट २०२५ नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल उत्सव हुने आयोजकले बताएका छन् जसमा हजारौं मोटरसाइकल प्रेमी र उद्योगी व्यवसायीहरुको सहभागिता रहनेछ ।
कार्यक्रममा सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक -याली, नयाँ मोडलको लन्च, टेस्ट राइड सेसन तथा नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुति समेत समावेश रहेको छ ।
स्पीड फेस्ट २०२५ ले नेपालका मोटरसाइकल उत्साहीहरूलाई रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

157 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ