पात्रो

रेडियो

समाचार खोजी

सामान्य बढ्यो नेप्से, ११ अर्ब ८७ करोडको कारोबार

साझा अर्थ संवाददाता २१ माघ २०८१, सोमवार

आज सोमबार शेयरबजार परिसूचक नेप्से झिनो अंकले बढ्नुका साथै झण्डै १२ अर्बको कारोबार भएको छ । आज नेप्से सूचक २४१ अंकले बढेर २७३० को बिन्दुमा पुगेको छ  । कारोबारमा आएका २ करोड ३७ लाख ७० हजार ३ सय ८४ कित्ता शेयर खरिद बिक्रीबाट ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार ५ सय ३८ रुपैयाँ ३४ पैसाको कारोबार भएको छ ।   उपकार लघुवित्त र भूगोल इनर्जीको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने सनराइज फोकस्ड इक्विटी फण्डको इकाई मूल्य ९.०२ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.७४ प्रतिशत बढेको छ।

आज कारोबारमा आएका मध्ये ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। त्यस्तै थ्री स्टार हाइड्रोको शेयर मूल्य ५.५२ प्रतिशत घटेको छ।
जस मध्ये एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको सर्वाधिक ३५ करोड ३० लाखको कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड ७३ करोडको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये निर्जीवन बीमा समूह सर्वाधिक ०.८२ प्रतिशत बढेको छ भने फाइनान्स समूह सर्वाधिक १.०७ प्रतिशत घटेको छ।

223 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ