पात्रो

रेडियो

समाचार खोजी

सेयर बजार साढे २६ सयको विन्दुमाथि, कारोबारमा पनि सुधार

कारोबार रकमले पनि साढे नौ अर्ब नजिक

साझा अर्थ संवाददाता १५ माघ २०८१, मङ्गलवार

काठमाडौं । लगातार तीन दिनसम्म गिरावटमा लागेको सेयर बजार मङ्गलबार दोहोरो अंकले सुधारिँदा साढे २६ सयको विन्दुमाथि लागेको छ । सेयर बजारमापक नेप्से परिसूचकसँगै कारोबार रकमले पनि साढे नौ अर्ब पछ्याएको छ ।
मङ्गलबार नेप्से २४.५० अंकले सुधारिएर २६५७.७७ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.१९ अङ्कले बढेर ४४४.७२ को विन्दुमा पुगेको छ । समग्रमा साताको तेस्रो दिनको नेप्से ०.९३ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इन्डेक्स ०.७२ प्रतिशतले बढेको छ ।
मङ्गलबार ३२५ कम्पनीको एक करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर ९५ हजार ९७ पटक खरिद बिव्रmी हुँदा नौ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
मङ्गलबार ३८ करोड २१ लाख ३२ हजार १८७ रुपियाँ बराबरको सेयर कारोबार भएर सप्तकोशी विकास बैंक लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको छ ।

223 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ