पात्रो

रेडियो

समाचार खोजी

आज पनि घट्यो सुनको मुल्य

साझा अर्थ संवाददाता १४ माघ २०८१, सोमवार

आज सोमबार पनि सुनको भाउ तीन सय रुपैयाँ घटेको छ । आइतबार प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार प्रतितोला चार सय रुपैयाँ घटेको थियो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३७ हजार २ सय ६० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ८६ रुपैयाँ तोकिएको छ ।

155 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु