पात्रो

रेडियो

समाचार खोजी

आईसीएफसी फाइनान्सको विकास ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १३ माघ २०८१, आइतवार

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको विकास ऋणपत्रमा आवेदन दिने आज  अन्तिम दिन रहेको छ । फाइनान्सले प्रतिडिबेन्चर १ हजारका दरले कुल ३ लाख इकाइ ऋणपत्र जारी गरेको हो । यसमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र १ लाख २० हजार कित्ता सार्वजनिक निष्कासन गरेको छ । त्यस्तै सार्वजनिक निष्कासनमध्ये ६ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

फाइनान्सले माघ ९ गतेदेखि ३० करोड रुपियाँबराबरको सात वर्षे विकास ऋणपत्र  ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर–२०८८’ ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । यो ऋणपत्रमा घटीमा २५ कित्ता र बढीमा १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् । 

 

148 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्