पात्रो

रेडियो

समाचार खोजी

आज फेरी ४० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

साझा अर्थ संवाददाता १३ माघ २०८१, आइतवार

  
नेपाल राष्ट्र बैङ्कले आज फेरी  बजारबाट ४० अर्ब खिच्ने भएको छ। राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले २१ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत  निक्षेप संकलन उपकरणको बोलकबोलमा   “क”, “ख” र “ग” वर्गका बैङ्क तथा वित्तीय संस्थाबाट रकम प्रशोचन गर्न लागेको हो । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।   निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर ९दशमलव पछिको हकमा चार अंकसम्म० उल्लेख गर्नु पर्नेछ । राष्ट्र बैङ्कको अपरान्ह २ बजे भित्र आवेदन दिईसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ।

आवेदन दिंदा घटीमा  १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पुरै रकमसम्मको लागि आवेदन दिन सकिने छ ।

181 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्