पात्रो

रेडियो

समाचार खोजी

साताको सेयर बजारमा २.५४ प्रतिशतको बढोत्तरी, कारोबार रकममा पनि सुधार

दैनिक औषतमा सात अर्ब २२ करोडको सेयर खरिदबिक्री

साझा अर्थ संवाददाता १२ माघ २०८१, शनिवार

काठमाडौँ । अघिल्लो साता २६ सयको विन्दु तल झरेको सेयर बजार यो साता साढे २६ सयमाथि लागेको छ । अघिल्लो साता  २५८८.६२ विन्दुमा बन्द भएको परिसूचक यो साता २.५४ प्रतिशत अर्थात ६५.७३ अंकले उकालो लागेर २६५४.३५ विन्दुमा पुगेको छ ।
कुल पाँच दिनमध्ये चार दिन उकालो लागेको नेप्से एक दिन भने ओरालो लागेको थियो । यो साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार नेप्से सामान्य अंकले ओरालो लागेर बन्द भएको थियो ।
नेप्सेसँगै यो साता कारोबार रकम पनि उकालो लागेको छ । गत साता दैनिक औषतमा पाँच अर्ब ६० करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औषतमा सात अर्ब २२ करोडको सेयर खरिदबिक्री भएको छ । गत साताको तुलनामा यो साताको दैनिक औषत कारोबार रकम २८.८१ प्रतिशत बढेको हो । यो साता दैनिक औषत सेयर संख्या २८.११ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २७.८८ प्रतिशत बढेको छ ।
नेप्सेको कुल बजार पूँजीकरण २.५४ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ९३ अर्ब रुपियाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यो साता एक खर्ब नौ अर्ब रुपियाँ बढेर ४४ खर्ब दुई अर्ब पुगेको छ ।
नेप्से परिसूचक उकालो लागे पनि बढेको अवस्थामा दुई उपसमूहको परिसूचक भने ओरालो लागेका छन् । गत साताको तुलनामा यो साता वित्तको २.८५ प्रतिशत र म्युचुअल फण्डको परिसूचक ०.६४ प्रतिशतले ओरालो लागेको छ ।
अन्य समूहको परिसूचक सर्वाधिक ९.४० प्रतिशतले उकालो लागेको यो साता उत्पादन तथा प्रशोधन ५.३४ प्रतिशत, लगानी ४.७८ प्रतिशत, जीवन बीमा ३.९९ प्रतिशत, विकास बैंक ३.३९, निर्जीवन बीमा २.९४ प्रतिशत, होटल तथा पर्यटन २.७६ प्रतिशत, लघुवित्त १.३४ प्रतिशत, जलविद्युत एक प्रतिशत, व्यापार ०.९९ प्रतिशत र बैकिङ ०.३१ प्रतिशतले बढेको छ ।
नेप्सेमा यो साता एक करोड १० लाख २२ हजार ६५२ कित्ता सेयर सूचीकृत भएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, साहस उर्जा र सगरमाथा जलविद्युत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक २७.६६ प्रतिशत बढेको छ । गत साता ११७५ रुपियाँमा रहेको  कम्पनीको सेयरमूल्य यो साता १५०० रुपियाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, यो साता दोल्ती पावरको सेयरमूल्य करिब साढे २६ प्रतिशत बढेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य २५ प्रतिशत बढेको छ । कारोबारमा आएको सुपर मादी हाइड्रोपावरको सेयरमूल्य यो साता सर्वाधिक २३.९४ प्रतिशत घटेको छ ।

176 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ