बजारलाई निरुत्साहित बनाउने गरी अभिब्यक्ति नदिन केन्द्रीय सदस्य शिवाकोटीको आग्रह
स्थानीय लाई दिएको शेयरमा ३ बर्षे लकिङ पिरियड हटाउन माग
काठमाडौः नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बजारलाई निरुत्साहित बनाउने गरी बजार विरोधि अभिब्यक्ति नदिन जिम्मेवार काँग्रेस नेताहरुलाई आग्रह गर्नु भएको छ । आईतबार नेपाली काँग्रेस कन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएको प्रास्तावमाथी आफ्नो धाराण राख्दै शिवाकोटीले सो आग्रह गर्नु भएको हो ।
प्रधानमन्त्री र अर्थमन्त्री आफै बजारलाई उत्साहित बनाउने गरि लागिरहँदा आफ्नैदलका केही जिम्मेवार नेताहरुले संसदमा बजारलाई निरुत्साही बनाउने गरी अभिब्यक्ति दिँदा पार्टी बजार विरोधि भन्ने अपजस खेप्नु पर्ने अवश्था आएको शिवाकोटीले बताउनु भयो । आफ्नो धारणा राख्ने क्रममा शेरबजारमा करेक्सन आफै पनि आउने मा जिम्मेवार नेताले संसदमा प्वाक्क बोल्नसाथ शेयर लागनीकर्ताहरुले पार्टीलाई गाली गरिरहेको उहाँको भनाई थियो । नेताले जुनसुकै बेला जे सुकै अभिब्यक्ति दिनाले त्यसको अपजस पार्टीले लिनु पर्ने अवस्था आएको शिवाकोटीले बताउनु भयो ।
प्रधानमन्त्री सहित सहयात्री दलका नेताहरु बजारलाई उत्साहित गराउन लाग्ने अनि आफ्नै दलका नेताहरु भड्काउन लाग्दा विश्वासको वातावरण बन्छ की विग्रन्छ सोच्न आग्रह गर्दै केन्द्रीय सदस्य शिवाकोटीले विगतमा पनि सत्तासहयात्रीका बीचमा कुन कुन परिस्थितिमा विश्वासको संकट पैदा भइ वातावरण विग्रिएको थियो त्यो पनि हेक्का राख्न चेतावनी दिनुभयो ।
नेपाली काँग्रेसका प्रबक्ता प्रकाशसरण महतले केही समय अगाडि संसदमा शेरबजारका बारेमा गरेको नकारात्मक टिप्पणी पछि लगानी कर्ताका चारवटा संगठनहरुले स्क्रिप्टनै तोकेर महत लगायतका केही सांसदले संसदमा दिएको अभिब्यक्ति प्रति आपत्ति जनाउँदै उनीहरुको अभिब्यक्तिबाट बजारमा पुगेको क्षति उनीहरुबाट अशुल गर्नु पर्ने भन्दै प्रेस विज्ञप्ति नै जारी गरेका थिए ।
केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शिवाकोटीले जलविद्युत सहितका अन्य आयोजनाहरुबाट प्रभावित स्थानीय जनतालाई दिइदै आएको शेयर ती आयोजनाको प्रोमोटरलाई जस्तै ३ बर्षसम्म लकिङ पिरियडमा राख्दा उनीहरुले कारोवार गर्न नपाइरहेको सन्दर्भ उल्लेख गर्दै आयोजनाका कारण समस्या झेल्नुपर्ने स्थानीयले तर अन्य सर्वसाधारणले झैं लाभ लिन बर्षौ कुर्नुपर्ने यो विभेदकारी नीति परिवर्तन गर्न पार्टीले पहल गर्नु पर्ने माग गर्नु भएको थियो ।
देशैभरका अन्य आयोजनाको विद्युत हिउँदमा ८ः४० पैसामा किन्ने नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोशी आयोजनालाई हिउँद र वर्खामा एउटै दर ४ रुपैयाँ मात्र दिएर यसका लगानीकर्तालाई रुष्ट पारेको बताउँदै शिवाकोटीले अहिले माथिल्लो तामाकोशीको पीपीए पुनरावलोकन हुनुपर्ने मागको सम्वोधनका लागि पार्टिले गम्भीर पहल गर्न आवश्यक रहेको बताउनु भयो ।
665
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो
-
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न जुट्यो ७२ अर्ब ९३ करोड
-
निर्जीवन बीमा व्यवसायी संघले भन्यो - ‘‘सञ्चालकहरुको सेयर एक बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’’
-
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा