काठमाडौं । भनिन्छ नेपालको सेयर बजार र राजनीति उस्तै हो । तर अब यो भनाई पनि आउट डेटेड भइसक्यो । यहाँ त एउटा अनलाइन कारोबार प्रणाली (नट्स) को भेण्डर कम्पनी वाइकोलाई साथमा लिएर सेयर बजारको कारोबार प्रणालीमा नै पहुँच पु-याउन सकिन्छ । अनि के चाहियो र । सीमित ब्रोकर, सेयर खेलाडी र वाइकोका कर्मचारी मिलेर सेयर बजारको दूरुपयोग गरिरहेका छन् । यता साना लगानीकर्ताहरु डुबिरहेका छन् ।
यस्ता गतिविधिबारे कसैलाई थाहा नभएको भने होइन । अहिले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा यस्तै गुनासो र उजुरीका चाङ छन् । साथै ठूला लगानीकर्ता एवम बजारका हस्ती दीपेन्द्र अग्रवालले त सार्वजनिक रुपमै आफ्ना अन्तरवार्तामा यो खेलको बारेमा विस्तृत रुपमा नै बोलेका छन् । यस विषयमा च्याउ जस्तै उम्रेका लगानीकर्ताका संगठनहरु पनि मुक दर्शक मात्रै बनेका छन् ।
यस्तै हालत हो भने नेपालको पूँजी बजारमा उज्जवल भविष्य देखेर लाग्नेहरुको दुःखद बहिर्गमन पक्का छ ।
सामान्यतः हामीले धितोपत्र खरिद वा बिक्री गर्दा टी प्लस टु को बेलुका हाम्रो खातामा सेयर वा नगद आउँछ । विशेषगरी खरिदमा टीप्लस टु अर्थात कारोबार गरेको पर्सिको दिन बेलुका सेयर आउँछ । उक्त सेयर टी प्लस थिको दिन मात्र बिक्रीको लागि योग्य हुन्छ । तर यहाँ जादु हेर्नुस । यिनै माथि उल्लेखित समूहले टीप्लस टु कै दिन सेयर बिक्री गर्ने अनैतिक एवम गैर कानुनी काम गरिरहेका छन् ।
साथै अर्डर मेनुपुलेसन, टीएमएस सर्भससँग क्षेणखानी जस्ता गैरकानुनी काम गरिरहेका छन् । यस्तै गतिविधिबारे शंकाको घेरामा रहेका ब्रोकर एवम केही लगानीकर्तालाई छानविन गर्ने कार्य सुक्षम रुपमा अगाडि बढाएको बुझिएको छ ।
तर यस्तो कुरामा तै चुप मै चुपको अवस्था रहेको छ । अझ केही निश्चित ग्रुपले धितोपत्र बजारको अनलाइन कारोबार प्रणाली (नट्स) को भेण्डर कम्पनी वाइकोलाई साथमा लिएर सेयर बजारको कारोबार प्रणालीमा नै पहुँच पु-याउने प्रयास पनि गरिरहेको छ ।
साझा अर्थ संवाददाता