पात्रो

रेडियो

समाचार खोजी

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

साझा अर्थ संवाददाता ११ माघ २०८१, शुक्रवार

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका– १० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गरेकी हुन् ।

ताररहित महानगर बनाउने योजनाअनुरूप विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम गरिएको उनले बताइन्। यसले महानगरपालिकालाई स्मार्टसिटी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

आगामी दिनमा कामलाई तीव्रता दिँदै चाँडो आयोजनाको काम सक्ने उनले आग्रह गरिन्। काठमाडौंपछि चितवन र पोखरामा भूमिगत विद्युतीकरणको काम भइरहेको छ। पहिलो फिडरबाट भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालयमा भूमिगत रूपमा विद्युत् पुर्‍याइएको छ । यस्ता १७ वटा फिडरमार्फत महानगरको ६ लेन सडक र बाइपास रोड सडमा ताररहित बनाउन लागिएको प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।

आयोजनाले हालसम्म ७० प्रतिशत काम सम्पन्न गरेको छ । केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गर्ने काम भइरहेको छ।

नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास सडकमा मात्रै भूमिगत गर्न थालिएकामा अहिले नयाँ क्षेत्र थप गरेसँगै बजेट पनि थप गरिएको छ । पौडेलका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि एक अर्ब ३० करोडमा ठेक्का सम्झौता भएको हो । निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ।

एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । सन् २०२२ को जनवरीबाट आयोजनाले काम सुरु गरेको हो । चालू आर्थिक वर्षभित्र काम सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ ।

195 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु