पात्रो

रेडियो

समाचार खोजी

अब स्थानीय तहलाई ८० प्रतिशतसम्म संघिय अनुदान

साझा अर्थ संवाददाता ११ माघ २०८१, शुक्रवार

राष्ट्रिय योजना आयोगले स्थानीय सरकारलाई आन्तरिक राजस्व सम्भावित सूचकांक तयार गरी सानोदेखि ठुलो आकार हुने गरी सात भागमा विभाजन हुने भएको छ । जसअनुसार ‘क’ वर्गका स्थानीय तहहरूलाई संघीय सरकारले २० प्रतिशतदेखि ८० प्रतिशतसम्म समपूरक अनुदान हस्तान्तरण हुने भएको हो ।  

 आयोगले आर्थिक, सामाजिक, पूर्वाधार अवस्था र राजस्व क्षमताअनुसार प्रदेशको पनि वर्गीकरण गरेको छ । जसअनुसार कर्णाली प्रदेशले संघबाट अधिकतम प्राप्त गर्ने वित्तीय हस्तान्तरणको अनुदान बढी पाउने भएको छ । कर्णालीले संघबाट अधिकतम ७० प्रतिशत अनुदान पाउने भएको छ । जसअनुसार कर्णालीले ३० प्रतिशत न्यूनतम विनियोजन गर्नुपर्ने हुन्छ । संघबाट सुदूरपश्चिमले ६५ प्रतिशत, मधेशले ६० प्रतिशत, गण्डकीले ५० प्रतिशत, लुम्बिनीले ५० प्रतिशत, कोशीले ५० प्रतिशत र बागमतीले ४० प्रतिशत पाउने उल्लेख छ । 

158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्