काठमाडौं । सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्ने १५ बित्तिय सस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ ) लार्ई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । चालु आवको दोस्रो त्रैमासमा राष्ट्र बैैकले ७ विकास बैंक र ८ वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई सीईओलाई एकैपल्ट कारबाही गरेको हो ।
केन्द्रीय बैंकले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न विज्ञ नियुक्त गरी अध्ययन गरेको थियो । सो अध्ययन प्रतिवेदनका अनुसार यी संस्थाबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरुको सम्बन्धमा सम्बन्धित संस्थालाई सोधिएको थियो । सम्बन्धित विकास बैंक र वित्त कम्पनी आफैंले आफूले दिएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएको बताएका थिए ।
कारबाहीमा पर्ने सीईओहरु
विकास बैंकतर्फः
१. लुम्बीनी विकास बैंक
२. महालक्ष्मी विकास बैंक
३. कामना सेवा विकास बैंक
४. मुक्तीनाथ विकास बैंक
५. सालपा विकास बैंक
६. गरिमा विकास बैंक
७. सप्तकोशी डेभलपमेण्ट बैंक
वित्त कम्पनीतर्फः
१. समृद्धि फाइनान्स कम्पनी
२. पोखरा फाइनान्स
३. प्रोग्रेसिभ फाइनान्स
४. आइ.सि.एफ.सि फाइनान्स
५. जानकी फाइनान्स कम्पनी
६. सेन्ट्रल फाइनान्स
७. रिलायन्स फाइनान्स
८. गुडविल फाइनान्स
प्रतिक्रिया
साझा अर्थ संवाददाता