पात्रो

रेडियो

समाचार खोजी

विदेशमा रहेका श्रकिकका लागि नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ आजदेखि

साझा अर्थ संवाददाता ८ माघ २०८१, मङ्गलवार

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० खुलाएको छ । कम्पनीले  २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर  प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासनमा आएको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको व्यवस्था अनुसार पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ निष्कासनमा ल्याएको हो ।


नियमावलीको व्यवस्था अनुसार सार्वजनिक निष्कासनको लागि अनुमति पाएको सेयर संख्याको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि छुट्याउनुपर्ने हुन्छ । सोही अनुसार २२ करोड ५० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वेदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि मंगलबारबाट सेयर निष्कानसनमा ल्याएको हो ।

कम्पनीको सेयरमा लगानी गर्न चाहाने इच्छुक लगानीकर्ताले २२ माघभित्र आवेदन दिनुपर्नेछ । कम्पनीको आईपीओमा न्युनतम १० कित्तादेखि अधिकत १ लाखकित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

 

149 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ