साताको पहिलो कारोबारको दिन नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार २५ अर्ब ७७ करोड ९४ लाख ७३ हजारको कारोबार भएसँगै नेपाली इतिहासमा शेयर कारोबारले नयाँ रेकर्ड कायम गरेको हो । आज ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर कारोबार हुँदा २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरन्सको शेयर कारोबार भएको
गत साउन २२ गते २३ अर्ब ७१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । यस्तै, आज शेयर बजार नेप्से सूचक ९४ दशमलव ५३ अंकले बढेर २,८६० को विन्दुमा कायम भएको छ । आज २२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ । छ ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट उपसमूहको सूचक ४ प्रतिशतभन्दा धेरैले बढेको छ।
यस दिन कारोबारमा आएका ९ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १७ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ।
यता कुथली बुखरी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने युनिलिभर नेपालको ३.८५ प्रतिशत र ओरियन्टल होटलको २.४८ प्रतिशतले घटेको छ।
आइतबार हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब ५२ करोडको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको १ अर्ब १६ करोड र नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको ६८ करोडको कारोबार भएको छ।
यसैगरी बजार पूँजीकरणमा पनि आइतबार नयाँ रेकर्ड कायम भएको छ। आइतबार कुल बजार पूँजीकरण ४५ खर्ब ४१ अर्ब पुगेको छ। यसअघि ४४ खर्ब ६८ अर्बसम्म बजार पूँजीकरण पुगेको थियो।
साझा अर्थ संवाददाता