काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७.३३ अंक घटेर बन्द भएको छ । बिहिबार नेप्से २५ सय ८८.६२ को विन्दुमा झरेर बन्द भएको हो ।
कारोबार अवधिभर कुल २ सय ९६ कम्पनीका १ करोड १७ लाख ४९ हजार बढी कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ३७ लाखको कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ५२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ८८ कम्पनीको सेयरमूल्य बढेको छ । आज चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
साझा अर्थ संवाददाता