पात्रो

रेडियो

समाचार खोजी

सामान्य बढ्यो नेप्से

साझा अर्थ संवाददाता २ माघ २०८१, बुधवार

आज बुधबार शेयरबजार परिसूचक  १.८३ अंकले बढेर २५९५.९६ को बिन्दुमा पुगेर रोकिएको छ। कारोबारमा आएका २९९ कम्पनीका १ करोड ७ लाख ४५ हजार ४ सय २७ कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार १ सय ३४ रुपैयाँको कारोबार भएको छ। कारोबारमा आएका मध्ये दोल्ती पावरको शेयर मूल्य सर्वाधिक १० प्रतिशत, सुपर मादी हाइड्रोको शेयर मूल्य ९.८१ प्रतिशत, बाराही हाइड्रोको शेयर मूल्य ८.३० प्रतिशत र श्वेत गंगा हाइड्रोको शेयर मूल्य ८.१९ प्रतिशत बढेको छ।
त्यस्तै,  एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको सर्वाधिक ३२ करोड ४९ लाखको कारोबार भएको छ भने सुपर मादी हाइड्रोको ३० करोड ८८ लाख, सिन्धु विकास बैंकको १९ करोड ८४ लाख तथा पिपुल्स हाइड्रोको १८ करोड ४ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये न्यादी हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशत, पोखरा फाइनान्सको शेयर मूल्य ९.०५ प्रतिशत, जानकी फाइनान्सको शेयर मूल्य ७.८३ प्रतिशत तथा नेपाल फाइनान्सको शेयर मूल्य ७.२० प्रतिशत घटेको छ।

 

153 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ