पात्रो

रेडियो

समाचार खोजी

कालिका लघुवित्तको १० प्रतिशत लाभांश पारित

साझा अर्थ संवाददाता २ माघ २०८१, बुधवार

 

कालिका लघुवित्त वित्तीय संस्थाको १५औँ वार्षिक  साधारणसभाले गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावसहित ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश पारित गरेको छ । 

साथै, बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी वृद्धि भई ४० करोड ७६ लाख ९२ हजार पुगेको छ । साथै, उक्त साधारणसभामा सर्वसम्मत रूपमा नयाँ सञ्चालक समितिको समेत चयन भएको छ । 

नयाँ सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट चन्द्रबहादुर क्षेत्री, चन्द्रबहादुर बस्नेत, रमाकुमारी शर्मा र गणेश पौडेल तथा सर्वसाधारण सेयरधनीको तर्फबाट विश्वराज नेपाल र युक्तबहादुर सुवेदी निर्विरोध निर्वाचित भएका छन् । सोही दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक चन्द्रबहादुर क्षेत्रीलाई सर्वसम्मत रूपमा पुनः अध्यक्ष चयन गरेको छ । 

162 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ