sajhaartha.com २ माघ २०८१, बुधवार
२ माघ २०८१, बुधवार
15th, January 2025, Wednesday
ताजा खबर

सरकार ९२ अर्ब ८३ करोड घाटामा

१ माघ २०८१, मङ्गलवार साझा अर्थ संवाददाता
41
Shares

काठमाडौं ।  बजेट कार्यान्वयनको आधा वर्ष सकिदा सरकारको वित्तीय प्रगति निकै कमजोर देखिएको छ ।  पुस मसान्तसम्म ५ खर्ब ७४ अर्ब ७६ करोड राजस्व संकलन गरेको सरकारले यता ६ खर्ब ६७ अर्ब ६० करोड रुपियाँ बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । समीक्षा अवधिमा सरकार ९२ अर्ब ८३ करोड खुद घाटामा गएको छ । 
 सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड रुपियाँ राजस्व संकलनको लक्ष्य राखेको छ । जसमध्ये पुस मसान्तसम्म ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्नुपर्ने थियो । तर, समीक्षा अवधिमा लक्षित राजस्वभन्दा ९८ अर्ब रुपियाँ कम राजस्व उठेको छ । समग्रमा आर्थिक वर्षभित्र राखिएको लक्ष्यको जम्मा ३९।०६ प्रतिशत मात्र राजस्व संकलन हुन सकेको छ । 

साझा अर्थ संवाददाता
१ माघ २०८१, मङ्गलवार

41

Shares