sajhaartha.com ९ पुष २०८१, मङ्गलवार
९ पुष २०८१, मङ्गलवार
24th, December 2024, Tuesday
ताजा खबर

आँखुखोला जलविद्युत कम्पनीको हकप्रद आजदेखि

२७ साउन २०८१, आइतवार साझा अर्थ संवाददाता
149
Shares

आँखुखोला जलविद्युत कम्पनीको हकप्रद आज साउन २७ गतेदेखि विक्री खुला भएको छ।  कम्पनीले हाल कायम चुक्तापूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो। 


निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको कम्पनीको हकप्रद शेयरमा भदौ १६ गतेसम्म दिन सकिनेछ। हकप्रद निष्कासन पछि प्राप्त हुने रकममध्ये ८० करोड गणेश हिमाल हाइड्रोपावर कम्पनीद्वारा प्रबर्द्धित आँखुखोला २ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत शेयर स्वामित्व हुने गरी स्वपूँजी लगानी गर्ने र बाँकी ४० करोड रुपैयाँ कम्पनीद्वारा निर्मित आँखुखोला १ आयोजना निर्माणका लागि बैंकबाट लिएको दीर्घकालिन ऋणको आंशिक भुक्तानीमा प्रयोग गर्ने कम्पनीले प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख छ ।
हाल कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ छ। हकप्रद बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सिआस्वा प्रणाली र मेरो सेयर एपमार्फत् आवेदन दिन सक्नेछन् । यस्तै प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंकको धादिङ शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।

 

साझा अर्थ संवाददाता
२७ साउन २०८१, आइतवार

149

Shares