सोनापुर मिनरल्समा ४ जना सञ्चालक निर्वाचित
काठमाण्डौ । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको सञ्चालकमा चार जना निवाचित भएका छन् । पुस २९ गते सोमबार सम्पन्न कम्पनीको १७ औं बार्षिक साधारणसभा मार्फत सम्पन्न निर्वाचनबाट संस्थापक सेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक ४ जना सञ्चालक निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा रतन लाल तायल, निपेश तायल, प्रकाश तायल र चन्द्रकला कुमारी बोहरा रहेका छन् ।
साथै, कम्पनीको २०८० माघ २६ गते सम्पन्न १६ औं बार्षिक साधारण सभा मार्फत सर्वसाधारण सेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद निर्वाचित भएका रचना कुमारी ओझाले आफ्नो व्यक्तिगत तथा व्यवसायिक व्यस्थताको कारणले गर्दा सञ्चालक पदमा रहि कार्य गर्न असमर्थ रहेको व्यहोरा जनाई गत पुस १७ गते सञ्चालक समिति समक्ष पेश गर्नु भएको राजिनामा स्वीकृत भई रिक्त हुन आएको सञ्चालक पदमा पुस २५ गते सम्पन्न सञ्चालक समितिको बैठकको निर्णयबाट प्रचु सेढाईलाई बाँकी अवधिको लागि मनोनयन गरिएकोमा कम्पनीको साधारण सभाबाट उक्त निर्णयलाई अनुमोदन गरिएको छ ।