पात्रो

रेडियो

समाचार खोजी

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनश सेयर पारित

साझा अर्थ संवाददाता २९ पुष २०८१, सोमवार

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३० औं वार्षिक साधारण सभा पुस २९ गते सोमवारका दिन सम्पन्न भएको छ । साधारणसभाले १.८६५९ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव सर्व सम्मतिले पारित गरेको छ । 
   
सभामा आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समिक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप रु।७ अर्ब ५८ करोड तथा कर्जा सापट रु ५ अर्ब ६६ करोड पुगेको तथा सम्पूर्ण कारोवार पछिको कम्पनीको खुद मुनाफा ९बोनश तथा कर व्यवस्था पछि ६ करोड १६ लाख भएको साधारण सभालाई जानकारी गराएका थिए ।  
 
साधारण सभामा अनुमोदनका लागि पेश गरिएको सञ्चालक समितिको प्रतिवेदन आव २०८०/८१ को वित्तीय विवरणहरु तथा संस्थापक सेयरधनीको तर्फबाट रिक्त पदमा सञ्चालक नियुक्तीको प्रस्ताव अनुमोदन गर्नुका साथै विशेष प्रस्तावअन्तर्गत कम्पनीको हाल कायम रहेको चुक्तापुँजी ९८ करोड १६ लाख ८३ हजार २०० को १।८६५९ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव सर्व सम्मतिले पारित भयो । बोनश सेयर वितरणको प्रस्ताव पारित भएपश्चात कम्पनीको जारी तथा चुक्तापूँजी १ अर्ब पुगेको छ ।  
   

126 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ