पाँच महिनामा बैंकहरुको नाफा ३० अर्बभन्दा बढी, कुन बैकको नाफा कति ?
चालु आर्थिक वर्षको ५ महिनामा २० वाणिज्य बैंकहरुले चालु आवको मङ्सिरसम्म ३० अर्ब २४ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
जस मध्ये नबिल बैंकले सबैभन्दा धेरै ३ अर्ब ४९ करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले २ अर्ब ८३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ४९ करोड तथा कुमारी बैंकले १ अर्ब ९९ करोड खुद नाफा कमाएको छ।
यस अवधिमा कृषि विकास बैंक भने ३५ करोड २४ लाख घाटामा रहेको छ। त्यस्तै एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ६३ करोड ३४ लाख रहेको छ। यस अवधिमा सिटिजन्स बैंकले ६९ करोड ४९ लाख खुद नाफा कमाउँदा राष्ट्रिय माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख खुद नाफा कमाएका छन् ।
कुन बैंकको कति नाफा ?
वाणिज्य बैंकहरुको नाफा
नेपाल बैंक लिमिटेड– एक अर्ब २१ करोड ३० लाख
राष्ट्रिय वाणिज्य बैंक– एक अर्ब ४१ करोड
नबिल बैंक– दुई अर्ब ९६ करोड ९० लाख
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक– दुई अर्ब ६० करोड ९० लाख
स्ट्यान्र्ड चार्टर्ड बैंक– एक अर्ब २५ करोड ६० लाख
हिमालयन बैंक– एक अर्ब ८० करोड ४० लाख
नेपाल एसबीआई बैंक– ७० करोड ८० लाख
एभरेष्ट बैंक– एक अर्ब ४० करोड ३० लाख
एनआईसी एसिया बैंक– एक अर्ब ८५ करोड
माछापुच्छ«े बैंक– ७६ करोड २० लाख
कुमारी बैंक– एक अर्ब ३० करोड १० लाख
लक्ष्मीसनराइज बैंक– ८९ करोड ८० लाख
एसबीआई बैंक– ६२ करोड ३० लाख
कृषि विकास बैंक– ४० करोड ३० लाख
ग्लोबल आईएमई बैंक– दुई अर्ब ७३ करोड ७० लाख
सिटिजन्स् बैंक– ७४ करोड ३० लाख
प्राइम कमर्सियल बैंक– एक अर्ब ९२ करोड ८० लाख
एनएमबी बैंक– एक अर्ब ४५ करोड १० लाख
प्रभू बैंक– एक अर्ब ८३ करोड ८४ लाख
सानिमा बैंक– एक अर्ब ७ करोड ६० लाख
53
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
भुक्तानी नदिने कार्यविरुद्ध अब निर्णायक आन्दोलन ः निर्माण व्यवसायी
-
एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता थाइल्याण्डमा
-
जुम्लामा पहिलोपटक मार्सी धान खरिद गर्दै खाद्य कम्पनी
-
सिक्लेसमा ठेलो हान्ने मेला
-
आलेखः सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार
-
आजबाट फ्लाई दुबईले एक महिनापछि पुनः भैरहवामा उडान गर्दै