पात्रो

रेडियो

समाचार खोजी

सेयर बजारसँगै कारोबार रकम पनि घट्यो

साझा अर्थ संवाददाता २८ पुष २०८१, आइतवार

काठमाडौं । आइतारबार पहिलो कारोबार दिन सेयर बजारसँगै कारोबार रकम समेत घटेको छ । आज बजार मापन गर्ने सूचक २५.४१ अंकले घटेर परिसूचक २६०९.६७ बिन्दुमा रोकिएको छ  । आइतबार ४४ कम्पनीको कारोबार बढेको छ भने १९३ कम्पनीको घटेको छ । कारोबारमा ३०१ कम्पनीको ८० लाख २१ हजार ६३१ कित्ता सेयर ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३२३ रुपैयाँको सेयर कारोबार भएको छ ।

 बजार घटेको दिन वन वन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २० करोड ४१ लाख ५३ हजार ८७२ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा सिन्धु विकास बैंक र सिंगटी हाइड्रो इनर्जी रहेको छ ।

185 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ