पात्रो

रेडियो

समाचार खोजी

आरटीडीएफ बापत ३१ करोड ३८ लाख बुझाएपछि सुविसुको लाइसेन्स नविकरण

साझा अर्थ संवाददाता २६ पुष २०८१, शुक्रवार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केवलनेटको लाइसेन्स नविकरण भएको छ । कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणसँग आफ्नो बक्यौता रकम चुक्ता गरेपछि पाँच बर्षको लागि लाइसेन्स नविकरण गरेको हो । कम्पनीले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको ३१ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेपछि आगामी ५ बर्षका लागि इमेलसहितको इन्टरनेट सेवाको लाइसेन्स पनि नविकरण भएको हो ।
प्राधिकरणका अनुसार, कम्पनीले रोयल्टी अन्तर्गत १७ करोड ४८ लाख रुपैयाँ र आरटीडीएफ बापत १३ करोड ८९ लाख रुपैयाँ तिरेपछि बिहीबार देखि लागू हुने गरी आगामी ५ बर्षका लागि लाइसेन्स नविकरण भएको हो । यसअघि बक्यौता नबुझाएका कारण ३० पुस २०८० मा हुनुपर्ने कम्पनीको लाइसेन्स नवीकरण रोकिएको थियो।

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ