घरेलु उद्योग महासंघ र कांग्रेसले स्टार्टअप तथा साना मझौला व्यवसाय सम्मेलनका लाागि सहकार्य गर्ने
लघु तथा साना उद्योगले उत्पादन गरेका हस्तकला लगायतका वस्तुहरू प्रदर्शनीमा राख्ने सहमति
काठमाडौं । मुलुकमा स्वदेशी वस्तु उत्पादन गर्ने लघु, घरेलु तथा साना र मझौला उद्योगका उत्पादनहरुको प्रवद्र्धन गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाली कांग्रेसले पार्टीले गठन गरेको उद्यमशीलता र साना तथा मझौला विभागले सहकार्य गर्ने भएका छन् ।
विभागले आगामी माघ १६ र १७ गते नेपाली कांग्रेसको पार्टी कार्यालय परिसरमा आयोजना गर्ने दुई दिने नेपाल स्टार्ट अप र समिटका लागि महासंघसँग सहकार्य गर्न लागेको हो ।
बिहीबार राजधानीमा आयोजित एक समारोहका बीच नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह र नेपाल काँग्रेस पार्टी उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग संयोजक उर्मिला थपलियाले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो ।
नेपाल स्टार्ट अप र समिटका अवसरमा आयोजना गरिने दुई दिने साना तथा मझौला व्यवसायीका उत्पादनहरुको प्रदर्शनीमा सहभागी हुने उद्यमीहरुलाई निःशुल्क स्टल उपलब्ध गराइने भएको छ ।
आर्थिक रूपान्तरणलाई प्रवद्र्धन गर्न, लगानी प्रोत्साहन गर्न, डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्न, युवा उद्यमीलाई प्रोत्साहित गर्दै उद्यमशीलता विकासमा सहयोग पु¥याउन सम्मेलन आयोजना गर्न लागिएको कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागका संयोजक उर्मिला थपलियाले बताउनुभयो । साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको भन्दै उहाँले भन्नुभयो ‘सम्मेलनमा उद्यमीले के कस्ता समस्या झेलिरहेका छन् र सम्भावना तथा अवसरको बारेमा पनि छलफल हुनेछ ।’
विभागले आयोजना गर्ने सम्मेलनमा नेपालमा उत्पादित वस्तुको प्रदर्शनीमा ८० वटा स्टल राख्ने आयोजकले जनाएको छ । स्टलमा महासंघले मुलुकभर उत्पादन भएका लघु तथा साना उद्योगले उत्पादन गरेका हस्तकला लगायतका वस्तुहरू प्रदर्शनीमा राख्ने सहमति भएको छ ।
कांग्रेसले नेपाली वस्तुको प्रवद्र्धन गर्नु सकारात्मक भएको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सिंहले बताउनुभयो । सम्मेलनले स्थानीयस्तरमा उत्पादित वस्तुलाई बजारसम्म पु¥याउन सघाउ पुग्ने भन्दै सिंहले भन्नुभयो, ‘मेड इन नेपाल अन्तरगत उत्पादित वस्तुलाई निःशुल्क स्टल उपलब्ध गराउने कार्य सकारात्मक छ ।’ राजनीतिक दलले उद्यमीलाई हौसला प्रदान गर्ने कार्यले उद्यमशीलता विकासमा सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सम्मेलनमा नेपाली उद्यमशीलताको भविष्य र आर्थिक रुपान्तरणका सम्भावनाका बारेमा समूहगत छलफल समेत आयोजना गरिने थपलियाले बताउनुभयो ।
नेपालको आर्थिक संरचनामा सुधार ल्याउन, नवीनतम दृष्टिकोण र उद्यमशील रणनीतिको अन्वेषण गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
नवप्रवद्र्धन र उद्यमशीलताका माध्यमबाट अर्थतन्त्रलाई कसरी सबल बनाउने भन्नेमा विचार आदान प्रदान गर्ने बताइएको छ । कार्यक्रममा समूह छलफलका लागि प्राथमिकताका क्षेत्र पनि तोकिएको छ । नवप्रवद्र्धन र उद्यमशीलता, नेपालमा लगानी, स्टार्टअप र एसएमईको भविष्य, कृषि उद्यमशीलता अवसर र चुनौतीहरू, शिक्षा र जनशक्ति विकास आइटी क्षेत्रको लागि तयारी, महिला उद्यमशीलता समतामूलक आर्थिक विकासको दिशामा, गैरआवासीय नेपाली नेपालमा लगानी र आर्थिक बृद्धिको सम्बन्ध अवसर र चुनौतीहरू लगायतका विषयमा छलफल गर्ने नेपाली कांग्रेसले जनाएको छ ।
46
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्न डाक्टर भट्टराईकाे आग्रह
-
खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज
-
पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण
-
श्रीलङ्काको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि
-
देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता
-
राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ