आगामी वैशाखमा लगानी सम्मेलन गर्दे कोशी प्रदेश
मोरङ, २५ पुसः कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो ।
प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।
कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने, कानुन, सोही समितिमा परिमार्जित मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
अन्य निर्णयमा कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश बीउबिजनसम्बन्धी व्यवस्था गर्न बेनेको विधेयक प्रदेशसभामा पेस गर्ने आजको बैठकले निर्णय गरेको प्रदेश सरकार प्रवक्ता भण्डारीले उल्लेख गर्नुभयो । रासस
40
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्न डाक्टर भट्टराईकाे आग्रह
-
खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज
-
पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण
-
श्रीलङ्काको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि
-
देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता
-
राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ