गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओमा मागभन्दा १३.६५ गुणा बढी (१९ लाख ६ हजार ७ सय ४८ जनाले) आवेदन दिएका छन् ।
यी आवेदकले कुल २ करोड ५१ लाख ९० हजार कित्ता शेयरका लागि आवेदन दिएका हुन् । माग भन्दा बढीको आवेदन परेकोले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ। जसमा १ लाख ८४ हजार ५ सय जनाले मात्र शेयर पाउने छन् । शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ। कम्पनीले पुस २१ गतेदेखि आम सर्वसाधारणको लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो।
साझा अर्थ संवाददाता