पात्रो

रेडियो

समाचार खोजी

लगातार ६ दिन उक्लियो नेप्से

साझा अर्थ संवाददाता २४ पुष २०८१, बुधवार

काठमाडौं। आजरबुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भने ६.५३ अंक  बढ्दै २६५३.३८ बिन्दुमा पुगेको छ । पछिल्लो ६ कारोबार दिन लगातार नेप्सले उकालो यात्रा समातेको छ ।  मंगलबार नेप्से ६.१६ अंकले बढेको थियो। त्यसअघि सोमबार नेप्से ४९.१२ अंकले, आइतबार ५.३२ अंकले गत साताको अन्तिम कारोबार दिन बिहीबार ४.६३ अंकले र बुधबार ५.१० अंकले बढेको थियो।

  बुधबार कारोबार रकममा पनि सुधार  आएर कुल ६ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्सेमा कुल ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार फाइनान्स समूहमा सर्वाधिक अर्थात् ४.७७ प्रतिशतको सुधार आउँदा विकास बैंक समूहमा २.५३ प्रतिशतको वृद्धि आएको छ। 

फाइनान्स र विकास बैंकपछि लघुवित्त समूहमा पनि लगानीकर्ताको आकर्षणमा देखिएको छ। लघुवित्त समूह १.५९ प्रतिशतले बढ्दा जलविद्युत् समूह ०.२६ प्रतिशत, जीवन बिमा समूह ०.४० प्रतिशत र उत्पादन समूह ०.४० प्रतिशतले बढेको छ। 

बुधबार बैंकिङ समूहमा ०.२६ प्रतिशतको गिरावट आउँदा होटल तथा पर्यटन समूह ०.०६, लगानी समूह ०.३८, निर्जीवन बिमा समूह ०.१३ प्रतिशत र व्यापार समूह १.५६ प्रतिशतले घटेको छ। 

 

198 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ