काठमाडौं । साना किसान विकास लघुवित्तले १४ प्रतिशत लाभांस प्रस्ताव सहित २३औं वार्षिक साधारणसभा आज बस्दैछ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत गरी कुल १४ प्रतिशत लाभांश प्रस्ताव पेश गरिनेछ ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
लाभांश वितरण तथा सभा प्रयोजनका लागि लघुवित्तले पुस १७ गते एक दिन बुक क्लोज गरिसकेको छ । तसर्थ पुस १६ गतेसम्म शेयरधनी बन्नेले प्रस्तावित लाभांश पाउनुका साथै सभामा सहभागी पनि बन्न पाउनेछन् ।
साझा अर्थ संवाददाता