पात्रो

रेडियो

समाचार खोजी

पहिलो दिन ५.३२ अंकले बढेर २५९१.५६ को बिन्दुमा नेप्से

साझा अर्थ संवाददाता २१ पुष २०८१, आइतवार

साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३२७ कम्पनीका ९३ लाख ८६ हजार ७ सय २१ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ८६ करोड २ लाख १ हजार ९ सय ७४ रुपैयाँ ९८ पैसाको कारोबार भएको छ। जस मध्ये जानकी फाइनान्सको सर्वाधिक १९ करोड ९ लाखको कारोबार भएको छ भने रिभर फल्स पावरको १७ करोड ३६ लाखको कारोबार भएको छ। त्यस्तै रसुवागढी हाइड्रोको १२ करोड ९० लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये उपकार लघुवित्त, दोर्दी खोला जलविद्युत, र ग्रिन भेन्चर लिमिटेडको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यस्तै दोल्ती पावरको शेयर मूल्य ९.४४ प्रतिशत बढेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.२४ प्रतिशत बढेको छ।

आज कारोबारमा आएका मध्ये नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ८.८८ प्रतिशत घटेको छ भने आत्मनिर्भर लघुवित्तको शेयर मूल्य ६.८५ प्रतिशत घटेको छ। त्यस्तै जानकी फाइनान्सको शेयर मूल्य ६।३९ प्रतिशत घटेको छ भने नेपाल फाइनान्सको शेयर मूल्य ५।५३ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये बैंकिंग, फाइनान्स, उत्पादन, लघुवित्त , र म्युचुअल फण्ड समूहका सूचक घटेका छन् । जस मध्ये फाइनान्स समूह १.०४ प्रतिशत घटेको छ। आज कारोबारमा आएका मध्ये हाइड्रोपावर समूह १.६७ प्रतिशत बढेको छ।

208 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ