गार्डियन माइक्रो लाइफ इस्योरेन्सले आइतबारबाट सर्वसाधरण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणको लागि १८ लाख ४५ हजार कित्ता सेयरका छुट्याएको छ । कम्पनीको आईपीओमा पुस २१ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।
साझा अर्थ संवाददाता