महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आज पुस १९ गते शुक्रबार शेयर बाँडफाँड गरेको छ।
कुल १६ लाख ९२ हजार १ सय ६ जनाले आवेदन दिएका मध्ये १६ लाख ८७ हजार ७ सय ७४ जना आवेदकको आवेदन योग्य भएको क्यापिटलले जनाएको छ। जस अनुसार ४७ हजार ५ सय ४४ जनाले मात्र शेयर पाएका छन् भने ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने एक जनाले १०.१५ कित्ता शेयर पाएका छन् । बाँकिले भने १० कित्ताको दरले शेयर पाएका छन् ।
साझा अर्थ संवाददाता