पात्रो

रेडियो

समाचार खोजी

आजसम्म कायम यी आठ कम्पनीका शेयरधनीलाई लाभांस

साझा अर्थ संवाददाता १८ पुष २०८१, बिहिवार

 

साधारणसभा प्रयोजनको लागि पुस १९ र पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेका ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आजसम्म कायम शेयरधनीले बोटलर्स नेपाल तराई, हिमालयन डिस्टिलरी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, मेरो माइक्रोफाइनान्स, लुम्बिनी विकास बैंक, कालिका पावर कम्पनी , कालिका लघुवित्त र सुर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  


बोटलर्स नेपाल तराईले ५० प्रतिशत नगद लाभांश, हिमालयन डिस्टिलरीले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १.८६५९ प्रतिशत बोनस शेयर र ०.०९८२ प्रतिशत नगद लाभांश, मेरो माइक्रोफाइनान्सले ७.५० प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश, लुम्बिनी विकास बैंकले ३ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश, कालिका पावर कम्पनीले ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश, कालिका लघुवित्तले ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश तथा सुर्योदय वोमी लघुवित्तले ६ प्रतिशत बोनस शेयर र ०.९६२३५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । 

208 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ