पात्रो

रेडियो

समाचार खोजी

तीन कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १७ पुष २०८१, बुधवार

साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेका तीन  कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आजसम्म कायम सेयरधनीले नेपाल टेलिकम, गरिमा विकास बैंक र बुटवल पावर कम्पनीको  साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।

यी ३ वटै कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेका छन् । साधारणसभाका लागि नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश, गरिमा विकास बैंकले ५ प्रतिशत नगद लाभांश, बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांश बितरण प्रस्ताव गरेको छ ।

282 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु