पात्रो

रेडियो

समाचार खोजी

बजार २६ सय बिन्दुबाट झर्यो

साझा अर्थ संवाददाता १६ पुष २०८१, मङ्गलवार

काठमाडौं । सेयर बजार मापन गर्ने सूचक ३३.०८ अंकले घटेको छ । बजारमा आएको उच्च गिरावटले बजार २६ सय बिन्दुबाट झरेको छ । नेप्से परिसूचक ३३.०८ अंकले घटेर परिसूचक घटेर २५७६.५० बिन्दु कायम भएको छ । 

आज कारोबारमा आएका ३०८ कम्पनीका १ करोड ३१ लाख ७४ हजार ३ सय ७९ कित्ता शेयर खरिद बिक्रीबाट कुल ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार ९१ रुपैयाँ ४९ पैसाको कारोबार भएको छ। जस मध्ये प्रभु बैंकको सर्वाधिक ३५ करोड ९४ लाखको कारोबार भएको छ भने नेपाल फाईनान्सको १७ करोड ८७ लाख तथा जानकी फाइनान्सको १४ करोड ४२ लाखको कारोबार भएको छ।

कारोबारमा वित्त कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । वित्त समूह ५.१९ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंक समूह २.७७ प्रतिशतले घटेको छ ।

बैंकिङ समूह ०.९२, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी ०.०८, जीवन बीमा ०.६५, उत्पादन तथा प्रशोधन १.५१, लघुवित्त १.४१, म्युचुअल फन्ड ०.३८ र निर्जीवन बिमा ०.९५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज ०.०६ प्रतिशतले बढेको छ ।

 

 

126 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता