पात्रो

रेडियो

समाचार खोजी

सुदूरपश्चिम प्रदेश सरकारले कर संकलन गर्ने बाटो खुल्यो

गत आर्थिक वर्षकै करका दरहरू यथावत

साझा अर्थ संवाददाता २५ साउन २०८१, शुक्रवार


सुदूरपश्चिममा तीन सातादेखि ठप्प रहेको राजस्व संकलन कार्य सुचारु हुने भएको छ । प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश सामयिक राजस्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१ जारी गरैसँगै राजस्व संकलन सुचारु हुने भएको हो ।


प्रदेशको मन्त्रिपरिषद् बैठकले कर संकलन सम्बन्धी अध्यादेश पारित गर्दै प्रदेश प्रमुखसमक्ष गरेको सिफारिस  प्रदेश प्रमुख नजिर मियाँले बिहीबार अध्यादेश प्रमाणिकरण गरेका छन् । सरकारले राजस्व संकलन गर्न पाउने व्यवस्थासहित अध्यादेश ल्याईएको आर्थिक मामीला मन्त्री बहादुरसिंह थापाले बताए । अध्यादेशमा गत आर्थिक वर्षकै करका दरहरू यथावत राखिएको छ ।

प्रदेश सभाबाट बजेट पारित हुन नसकेपछि  १ साउनदेखि राजस्व संकलन र खर्च गर्न पाएको छैन । अर्को बजेट नआउँदासम्म अध्यादेशअनुसार गत वर्षकै करका दरका आधारमा प्रदेशमातहतका निकायले अब कर संकलन गर्न पाउनेछन् । गत आर्थिक वर्षको साउनमा प्रदेशले करिब १२ करोड राजस्व संकलन गरेको थियो ।

 

248 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता