पात्रो

रेडियो

समाचार खोजी

कस्तो रह्यो साताको शेयर बजार ?

एकदिन गिरावट देखिएको छ भने तीन दिन बढ्दा समग्रमा १०.७६ अंकको वृद्धि

साझा अर्थ संवाददाता २४ साउन २०८१, बिहिवार

यो साता चार दिन भएको सेयर कारोबारमा एकदिन गिरावट देखिएको छ भने तीन दिन बढ्दा समग्रमा १०.७६ अंकको वृद्धि देखिएको छ। 

आइतबार सार्बजनिक बिदा भएकोले पहिलो कारोबार भएको दिन सोमबार बढेर मंगलबारको दोस्रो कारोबार व्यापक उतारचढावबीच ओरालो लागेको सेयर बजारमा बुधबारको कारोबारमा पुनस् उछाल देखिएको थियो। बिहीबार भने बजार सामान्य हरियालीमा बन्द भएको छ।

बिहीबार ६.७० अंकले बढेर बजार २७६६.३८ बिन्दुमा पुगेको छ। ७९ कम्पनीको सेयर मूल्य बढेको बजारमा २० अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ। १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता पहिलो कारोबारमा सोमबार ४०.७६ अंकले बढेर बजार २७९६.३८ बिन्दुमा पुगेको थियो। मंगलबार १४५.०५ अंकले घटेको बजारमा २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो। बुधबार १०८.३५ अंकले बढेर बजार २७५९.६७ बिन्दुमा पुगेको थियो। 

 

224 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्