पात्रो

रेडियो

समाचार खोजी

बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध

साझा अर्थ संवाददाता ८ पुष २०८१, सोमवार

हुम्ला । हुम्लाका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका बीटीएस टावरमा क्षति पुग्दा सेवा अवरुद्ध भएको छ । बीटीएस टावरहरुमा अनधिकृत रुपमा केही समूह तथा व्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पु-याउने काम भएको र सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेको टेलिकमले जनाएको छ ।
सर्केगाड गाउँपालिका–५ स्थित बरै माइक्रो बीटीएसमा पुस ४ गते सोलार प्यानल, भीस्याटका उपकरणहरु तथा अर्थिङ केबलमा क्षति पुगेको टेलिकमले जनाएको छ । भौगोलिक विकटताका कारण मर्मत गरी सेवा सुचारु गर्न समय लाग्ने टेलिकमको भनाइ छ ।
साथै सार्वजनिक महत्वका सरकारी सम्पत्तिमा क्षति पु-याउने र सर्वसाधारणको सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न र नगराउन समेत टेलिकम अनुरोध गरेको छ ।

332 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ