sajhaartha.com ८ पुष २०८१, सोमवार
८ पुष २०८१, सोमवार
23rd, December 2024, Monday
ताजा खबर

यो साता नेप्से ८५.४७ अंकले घट्यो, कारोबार रकममा ३३ प्रतिशतले गिरावट

व्यापार समूह सर्वाधिक घट्यो

६ पुष २०८१, शनिवार साझा अर्थ संवाददाता
83
Shares

काठमाडौं । लगातार घट्ने क्रममा २५ सयको लाइनमा आइपुगेको सेयर बजार साताभरमा नेप्से ८५.४७ अंकले घटेको छ । गत साता २६८२.२९ अंकमा रहेको बजार यो साता ३.१८ प्रतिशत घटेर २५९६.८२ अंकमा झरेको छ । गत साता पनि बजार १.९ प्रतिशत घटेको थियो । 
चार दिन खुलेको बजार सोमबार ५१.३७ अंकले घट्यो भने मङ्गलबार तीन अंकले बजार थामियो । फेरी बुधबार परिसूचक ५.६० अंक र बिहीबार ३१.४३ अंकले घटेर २५९६.८२ विन्दुमा पुगेर अडिएको हो ।
परिसूचकसँगै पछिल्ला दिनमा बजारमा खरिद पक्ष कमजोर देखिएको छ । सोमबारको सेयर कारोबार पाँच अर्ब ७९ करोड रुपियाँ थियो । त्यसपछि कारोबार संकुचित बन्दै गयो । मङ्गलबार चार अर्ब २९ करोडमा कारोबार भएको थियो । बुधबार चार अर्ब २१ करोडको कारोबार भएको थियो । बिहीबार चार अर्ब ७० करोडको कारोबार भएको छ ।
व्यापार समूह सर्वाधिक घट्यो
यो साता सबै उपसमूहका परिसूचक घटेका छन् । व्यापार उपसमूह सर्वाधिक २.७३ प्रतिशत घटेको छ । व्यापारलाई पछ्याउँदै फाइनान्स उपसमूह २.३१ प्रतिशत घटेको छ । त्यसैगरी लगानी समूह १.९५, हाइड्रोपावर १.५२ र डेभलपमेन्ट बैंक १.२५ प्रतिशत घटेका छन् । बजारका शक्तिशाली सेक्टर बैंकिङ ०.८२ प्रतिशत घटेको छ ।
त्यस्तै वित्त समूहको ४ दशमलव ७९ प्रतिशत, जलविद्युतको ४ दशमलव शून्य ७ प्रतिशत, विकास बैंकको ४ दशमलव शून्य ६ प्रतिशत, लगानीको ४ दशमलव शून्य १ प्रतिशत, होटल तथा पर्यटनको ३ दशमलव ४१ प्रतिशत, जीवन बीमाको ३ दशमलव ३२ प्रतिशत, अन्यको २ दशमलव ६२ प्रतिशत, बैंकिङको २ दशमलव ४९ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ४१ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव २५ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ९३ प्रतिशत र लघुवित्तको १ दशमलव ९३ प्रतिशत परिसूचक घटेको छ । यो साता लघुवित्तको परिसूचक सबैभन्दा कम घटेको हो ।
कारोबारमा ३३ प्रतिशतले गिरावट
गत साताको तुलनामा यो साता कुल कारोबार रकम करिब ३३ प्रतिशत र कारोबार कित्ता ३५ दशमलव ४४ प्रतिशत कम भएको छ । गत साता २८ अर्ब ६९ करोड ८२ लाख ९१ हजार रुपियाँ बराबरको छ करोड १४ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १९ अर्ब ३० करोड ९१ लख ८९ हजार रुपियाँ बराबरको तीन करोड ९६ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
औसतमा कारोबार रकम करिब १६ प्रतिशत र कारोबार कित्ता १९.३० प्रतिशतले घटेको छ । गत साता औसतमा पाँच अर्ब ७३ करोड ९६ लाख रुपियाँभन्दा बढीको एक करोड २२ लाख ८८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा चार अर्ब ८२ करोड ७२ लाख रुपियाँभन्दा बढीको ९९ लाख १६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।

साझा अर्थ संवाददाता
६ पुष २०८१, शनिवार

83

Shares

सम्बन्धित समाचार