पात्रो

रेडियो

समाचार खोजी

दूध उत्पादक किसानलाई तीन करोड अनुदान

साझा अर्थ संवाददाता २४ साउन २०८१, बिहिवार

पोखराः गण्डकी प्रदेश सरकारले प्रदेशका दूध उत्पादक किसानलाई  दूध उत्पादनका आधारमा रु तीन करोड नौ लाख छ हजार अनुदान प्रदान गरेको छ । प्रदेशले गत आर्थिक वर्ष २०८०/८१ मा सो अनुदान प्रदान गरेको हो ।
प्रदेश सरकारले गत आबमा ६४ सहकारी संस्थाबाट १३ हजार नौ सय ६१ मेट्रिक टन दूध उत्पादन भएका आधारमा प्रतिलिटरमा दुई रुपैयाँ ५० पैसा अनुदान दिएको दिएको थियो । सहकारी संस्थाबाट दूध बिक्री गर्ने किसानले मात्र यस्तो सहयोग सरकारबाट पाएको  पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा भट्टराईले जानकारी दिनुुभयो ।
गण्डकी प्रदेश सरकारले दूध उत्पादन प्रोत्साहन सहयोग कार्यक्रममा अनुदान वृद्धि गर्ने योजनाअनुसार गत वर्ष रु छ करोड ५५ लाख बजेट विनियोजन गरेको थियो ।

196 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु