पात्रो

रेडियो

समाचार खोजी

भन्सार छली ल्याएका कपडा बरामद

साझा अर्थ संवाददाता २३ साउन २०८१, बुधवार

झापा: सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बलको टोलीले बुद्धशान्ति गाउँपालिका वडा नम्बर सातको सुनमाई चियाबगान र मेचीनगर नगरपालिका वडा नम्बर ६ को  बसपार्कबाट एरियाबाट सो कपडा बरामद गरेको हो ।
बुद्धशान्ति नगरपालिका सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले रु १० लाख बराबरको कपडा  तथा मेचीनगर वडा नम्बर छ बसपार्क इलाकाबाट भन्सार छली ल्याएको २ लाख पचास हजार बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिनुभयो ।

189 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता